गोलबजार घटनाको छानबिन गर्न तीनसदस्यीय समिति गठन

  • प्रकाशित मिति : २०८३ श्रावण १५, शुक्रबार
  • नेपाल टेल संवाददाता

गोलबजार घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरीले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रहरीले सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा गोली चलेको घटनाको अध्ययन र छानबिनका लागि उक्त समिति गठन गरेको हो ।



प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा उक्त समिति गठन गरिएको हो । समितिका अन्य सदस्यमा इन्सपेक्टर यज्ञराज भट्ट र असई गोविन्द झा रहेका छन् ।

समितिले घटनास्थलको स्थलगत अध्ययन, सम्बन्धित पक्षसँग छलफल तथा आवश्यक प्रमाण संकलन गरी प्रतिवेदन बुझाउने बताइएको छ ।